शक्तिपीठदैनिक पूजाकर्मकाण्डगायत्रीहिन्दू धर्म

दैनिक पूजाको परम्परा

गायत्री शक्तिपीठहरूमा मातृशक्तिको दैनिक पूजा–अर्चना, जागरण, शुद्धिकरण, आरती, नैवेद्य र शयनसम्बन्धी विस्तृत मार्गदर्शन।

नेपाल ज्योतिष टिम
4 मिनेट पठन
साझा गर्नुहोस्:

शक्तिपीठहरूमा दैनिक पूजा

गायत्री शक्तिपीठहरूमा मातृ शक्तिका प्रतिमाहरू स्थापित छन्। उनको नियमित पूजा–अर्चनाको क्रम चली रहन्छ। यसको लागि यो पद्धति दिइएको हो। युगनिर्माण अभियान अन्तर्गत अपनाइएको प्रत्येक कर्मकाण्ड प्रति यस्तो दृष्टि राखिएको छ कि त्यसको आकार सानो भएपनि प्रभाव अद्भुतै रहने गरेको छ। दैनिक पूजा अर्चनामा पनि यही दृष्टिकोणलाई जीवन्त राख्नु परेको छ।

प्रतीक पूजा मनोविज्ञानसम्मत मात्र होइन, त्यसको एउटा विधान पनि छ। प्रतीकबाट भावनामा उभार आउँछ र प्रखर भावनाको संघातबाट प्रतीकसँग सम्बन्धित दिव्य सत्ता प्रस्फुटित न भै रहन सक्दैन। जहाँ पूजा–आराधना गर्नेहरू भावनााशील हुन्छन्, त्यहाँ मूर्तिमा दिव्यता प्रकट हुन्छ। मीरावाई र रामकृष्ण परमहंसका उदाहरणहरू सर्वविदित छन्। यसैले हिन्दू संस्कृतिमा प्रतीक पूजासँगै भावपूर्ण पूजा आराधनालाई अनिवार्य गराइएको छ।

शक्तिपीठहरूमा पूजा उपचार चाहे थोरै होस्, तर ती नियमित र भावपूर्ण भएमा प्रत्यक्ष प्रभाव अनुभव गर्न सकिन्छ। त्यस स्थितिमा पूजा उपचार मात्र औपचारिकतामा सीमित रहदैन, यी एउटा प्रभावशाली साधन र प्रक्रियाको रूपमा प्रयुक्त र फलित हुन्छन्।


१. जागरण

मन्दिरको द्वार खोल्दा, राति ओढाइएको प्रतिमा आवरण हटाउनु अघि प्रतिमालाई जगाउने विधान छ। त्यो परम चेतना सदा जागृत भए पनि साधकको मनसँग जोडिन जागरण अनिवार्य मानिन्छ।

पुजारीले पवित्रीकरण आदि षट्कर्म गरी, ताली वा सानो घण्टी बजाउँदै निम्न मन्त्र उच्चारण गर्छन् र आवरण हटाउँछन्:


ॐ उत्तिष्ठ त्वं महादेवि, उत्तिष्ठ जगदीश्वरि।
उत्तिष्ठ वेदमातस्त्वं, त्रैलोक्यमङ्गलं कुरु॥

जागरणपछि मातालाई प्रणाम गर्न निम्न मन्त्र उच्चारण गरिन्छ:


ॐ देवी! प्रपत्रार्तिहरे प्रसीद, प्रसीद मातर्जगतोऽखिलस्य।
प्रसीद विश्वेश्वरी पाहि विश्वं, त्वमीश्वरी देवि! चराचरस्य॥
विद्याः समस्तास्तव देविभेदाः, स्त्रियःसमस्ताः सकला जगत्सु।
त्वयैकया पूरितमम्बयैतत्, का ते स्तुतिः स्तव्यपरापरोक्तिः॥
विश्वेश्वरी! त्वं परिपासि विश्वं, विश्वात्मिका धारयसीति विश्वम्।
विश्वेशवन्द्या भवती भवन्ति, विश्वाश्रया ये त्वयि भक्तिनम्राः॥


२. शुद्धिकरण

ईश्वरलाई पवित्रता प्रिय छ। त्यसैले मन्दिर, मूर्ति, साधन र व्यक्तित्व सबैलाई निर्मल राख्नुपर्छ।

शुद्धिकरणका क्रममा निम्न मन्त्र उच्चारण गरिन्छ:


ॐ आपो हिष्ठा मयोभुवः, ता नऽऊर्जे दधातन। महे रणाय चक्षसे।
ॐ यो वः शिवतमो रसः, तस्य भाजयतेह नः। उसतीरिव मातरः।
ॐ तस्माऽअरंगमामवो, यस्य क्षयाय जिन्वथ। आपो जन यथा च नः॥

यदि कृत्य पूरा नभएमा गायत्री मन्त्र पढ्दै जानुपर्छ।

नोट: मूर्तिको स्वच्छताको क्रममा चिसो कपडाले मुख, हात र चरण पुछिनेछ। आवश्यक अनुसार पुरै श्रृंगार झिकेर सफा गर्न पनि समय लिन सकिन्छ।

साथै सेवा गर्नेहरूले सस्वर स्तुतामया वरदा, गायत्री चालीसा, यन्मण्डलम्, गायत्री मन्त्र आदि पाठ गर्दै जानुपर्छ।


३. पूजा–उपचार

शुद्धिकरणपछि प्रातः आरतीको तयारी हुन्छ। पुजारीले षोडशोपचार पूजन गर्छन्। उपस्थित भक्तजनले भक्ति भावनासँग सहभागी हुन्छन्।


ॐ श्री गायत्री देव्यै नमः। आवाहयामि, स्थापयामि॥
१. आसनं समर्पयामि
२. पाद्यं समर्पयामि
३. अघ्र्य समर्पयामि
४. आचमनम् समर्पयामि
५. स्नानम् समर्पयामि
६. वस्त्रम् समर्पयामि
७. यज्ञोपवीतम् समर्पयामि
८. गन्धम् विलेपयामि
९. अक्षतान् समर्पयामि
१०. पुष्पाणि समर्पयामि
११. धूपम् आघ्रापयामि
१२. दीपम् दर्शयामि
१३. नैवेद्यं निवेदयामि
१४. ताम्बुलपूगीफलानि समर्पयामि
१५. दक्षिणां समर्पयामि
१६. सर्वाभावे अक्षतान् समर्पयामि
१७. ततो नमस्कार करोमि – ॐ स्तुतामया वरदा


४. आरती

आरतीमा अनुशासन र ताल महत्वपूर्ण छ। भक्तजन पंक्तिबद्ध उभिन्छन्, घण्टी र शंख तालबद्ध बजाइन्छ। दीपक घुमाइन्छ, पानी र चँवर प्रयोग गरिन्छ, र जल समुदाय माथि छर्किन्छ।

प्रातः र साँझ दुबै समयमा यस्तै आरती सम्पन्न गरिन्छ।


५. भोजन–नैवेद्य

सात्विक भोजन मातृशक्तिलाई अर्पण गर्दा दिव्य संस्कार हुन्छ। अघ्र्य, नैवेद्य, आचमन श्रद्धापूर्वक अर्पण गर्नुपर्छ।


अघ्र्य:
ॐ तापत्रय–हरं दिव्यं, परमानन्दलक्षणम्। नमस्तुभ्यं जगद्धात्रि! अघ्र्यं नः प्रतिगृहताम्॥

नैवेद्य:
ॐ सत्पात्रसिद्धं नैवेद्यं, विधिभोज्यसमन्वितम्। निवेदयामि देवेशि, सानुगायै गृहाण तत्॥

आचमन:
ॐ वेदानामपि वेद्यायै, देवानां देवतात्मने। मया हाचमनं दत्तं, गृहाण जगदीश्वरि॥


६. पुष्पाञ्जलि

राति मन्दिर बन्द गर्नु अघि पुष्पाञ्जलि अर्पण गरी दिनभरको अनुग्रहका लागि कृतज्ञता व्यक्त गरिन्छ।


ॐ यज्ञेन यज्ञमयजन्त देवाः, तानि धर्माणि प्रथमान्यासन्।
ते ह नाकं महिमानः सचन्त, यत्र पूर्वे साध्याः सन्ति देवाः॥
ॐ विश्वतश्चक्षुरुत विश्वतोमुखो, विश्वतोबाहुरुत विश्वतस्पात।
सं बाहुभ्यां धमति संपतत्रैः, द्यावाभूमी जनयन् देवऽएकः॥


७. शयन

प्रतिमालाई राति शयन गराउने परम्परा छ। पर्दा भित्र बसेर आवश्यक आवरण चढाएर निम्न मन्त्रद्वारा शयनको प्रार्थना गरिन्छ:


ॐ इमां पूजां मयादेवि! यथाशक्पत्युपादिताम्।
शयनार्थं महादेवी! व्रज स्वस्थानमुत्तमम्॥


निष्कर्ष

शक्तिपीठहरूमा दैनिक पूजा केवल नियम–अनुषासन मात्र होइन। यो मन परिष्कृत गर्ने, भक्तिभाव जागृत गर्ने, र दिव्य चेतनासँग गहिरो सम्बन्ध जोड्ने अभ्यास हो। विधिहरू छोटा भए पनि नियमितता र भावनाको गहिराइले ती अत्यन्त प्रभावशाली हुन्छन्।

भावपूर्ण सहभागिताले शक्तिपीठको वातावरणमा स्थायी दिव्यता कायम राख्छ।