उग्रतारा मन्दिर

डडेल्धुरा0 मिटर
उग्रतारा मन्दिर

स्थान

उग्रतारा मन्दिर (Ugratara Mandir)

डडेल्धुरा जिल्लाको सदरमुकाम नजिकै पहाडको फेदीमा उग्रतारा मन्दिर अवस्थित छ। यो सुदूरपश्चिमकै एक प्रसिद्ध शक्तिपीठ हो। यहाँ भगवतीको पूजा आराधना गरिन्छ र यस मन्दिरलाई डडेल्धुराको पहिचानका रूपमा लिइन्छ। कात्तिक शुक्ल पूर्णिमाको दिन यहाँ लाग्ने 'देही जात' मेला निकै प्रसिद्ध छ, जहाँ हजारौं भक्तजनहरू सहभागी हुन्छन्।

इतिहास

उग्रतारा मन्दिरको उत्पत्तिको बारेमा एक रोचक ऐतिहासिक कथा छ। धेरै वर्ष पहिले एक स्थानीय किसानले हाल मन्दिर रहेको ठाउँमा हलो जोत्दा हलोको फाली एउटा शिला (ढुङ्गा) मा ठोक्कियो। शिलाबाट अचानक रगत बग्न थाल्यो। रगत देखेपछि अत्तालिएका किसानले रगत रोक्नका लागि आफूले खान ल्याएको मासको खिचडी शिलामा खन्याइदिए। त्यसपछि रगत रोकियो र त्यहाँ देवी प्रकट भएको मानिन्छ। त्यही समयदेखि यहाँ उग्रतारा भगवतीको पूजा गर्न थालिएको हो।